A PHP Error was encountered

Severity: Warning

Message: mysqli::real_connect(): (HY000/2002): Cannot assign requested address

Filename: mysqli/mysqli_driver.php

Line Number: 201

Backtrace:

File: /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php
Line: 343
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/application/controllers/Api.php
Line: 12
Function: __construct

File: /www/wwwroot/dash.konsole.xyz/index.php
Line: 316
Function: require_once

Database Error

数据库发生错误。

无法使用提供的设置连接到数据库服务器。

Filename: core/MY_Controller.php

Line Number: 343


Fatal error: Uncaught Error: Call to a member function close() on string in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php:349 Stack trace: #0 [internal function]: Index_Controller->__destruct() #1 {main} thrown in /www/wwwroot/dash.konsole.xyz/application/core/MY_Controller.php on line 349
प्रेम आले मन्त्री बन्ने पक्का ! - NepalTrending

प्रेम आले मन्त्री बन्ने पक्का !

काठमान्डौं । नेकपा (एमाले) बाट प्रेम आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री बन्ने पक्का भएको छ । फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासका मत दिएका एमालेका २२ सांसदमध्ये यी दुई यसअघि नै मन्त्री बन्ने हल्ला चलेको थियो ।

तर, आले र श्रेष्ठले दुवैले आफूहरुले मन्त्री बन्नको लागि भन्दापनि संविधान र कानूनको पक्षमा, र सर्वोच्च अदालतको फैसलाको सम्मानको लागि देउवालाई विश्वासको मत दिएको स्पष्ट पार्दै आएका थिए । उनीहरुले आफूहरु प्रतिनिधिसभाको पूरा कार्यकालको पक्षमा रहेको पनि टिप्पणी गर्दै आएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको क्याम्प परिवर्तन गरी वरिष्ठ नेता माधव कुमार नेपालको क्याम्पमा प्रवेश गरेका आले र श्रेष्ठ दुवै जना मन्त्री बन्न ईच्छुक भएको र त्यहीअनुसारको तयारी गरेको चर्चा थियो । यो बीचमा आले र श्रेष्ठले वरिष्ठ नेता नेपाललाई आफ्नो समूह सरकारमा सहभागी हुनुपर्ने भन्दै दबाब बढाएका थिए ।

तर, नेता नेपालले भने केही समय पर्खनुपर्ने भन्दै तत्काल सरकारमा सहभागी हुन नसक्ने जवाफ दिँदै आएका थिए ।प्रधानमन्त्री देउवाले पनि अब मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्न नहुने भन्दै नाम दिनको लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको आग्रहपछि सत्ता घटक दलका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । माधव नेपालनिकट सांसद मेटमणि चौधरीले त आफ्नो समूह ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन गइरहेको दाबी नै गरेका थिए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले यस्तो दाबी गरेका थिए ।

उनले आफूहरु नयाँ पार्टी गठन गरेर अघि बढ्न लागेको समेत खुलासा गरेका थिए ।वरिष्ठ नेता नेपालले आफ्नो समूहबाट आले र श्रेष्ठलाई मन्त्री बन्नको लागि ग्रिन सिग्नल दिएको उच्च स्रोतको दाबी छ ।

स्रोतकाअनुसार आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री र श्रेष्ठलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिन लागिएको छ ।

अब हुने मन्त्रिपरिषद् विस्तारमा आले र श्रेष्ठ दुवै मन्त्री बन्ने पक्का रहेको माधव नेपालनिकट उच्च स्रोतको दाबी छ । उनीहरु पार्टीले कारबाही गरेपनि ६ महिनाको लागि भएपनि मन्त्री बन्ने तयारीमा छन् । सांसद नभएपनि ६ महिनाको लागि मन्त्री बन्न पाईने संवैधानिक व्यवस्था छ । रिपोर्टर्स कलब नेपाल बाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = two