काठमान्डौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गरे ।
‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ’, थापाले भने, ‘प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्छ ।’
उनले अहिले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न आफूले कुनै दबाब नदिएको बताए । गठबन्धनको घटक माधव नेपाल समूहको सरकारमा सहभागता टुंगो नलागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको थापाको भनाइ छ ।
Facebook Comments Box