काठमाडौः नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घ,ट,नामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गरेका छन्।
राष्ट्रियसभाको विषेश समयमा बोल्दै श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका जवानले तुइनको तार काटेकै कारण जयसिंह धामी वे,पत्ता भएको बताए।
“अहिलेसम्म आएको तथ्यले के प्रष्ट गरेको छ भने भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदिमा वे,प,त्ता भएका हुन्। यसका निम्ति भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्दछु,” श्रेष्ठले भने।
साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बे,प,त्ता भएका थिए। गृह मन्त्रालयले घ,ट,नाबारे छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति दार्चुला पुगेर निरन्तर छलफलमा जुटेको छ।