काठमाडौं । सडक विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ इन्जिनियर रामबाबु शर्माको नि,धन भएको छ । उनको बुधबार अपराह्न २ बजेतिर ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ र अमेरिकामा इन्जिनियरिङ सम्बन्धी थप प्रशिक्षण लिएका शर्माले सरकारी सेवामा सडक विभागको महानिर्देशक समेत बने ।
शर्माकै सक्रियतामा नेपाल इन्जिनियरिङ काउन्सिलको स्थापना समेत भएको थियो । उनी काउन्सिलको संस्थापक अध्यक्ष पनि हुन् ।
स्कुले जीवनमा सधैं प्रथम हुने विद्यार्थीको उपमा पाएका शर्मा वि.सं. २०१२ सालको एसएलसी परीक्षामा बोर्डफस्ट भएका थिए ।
जीवनको उत्तररार्धमा धार्मिक एवं आध्यात्मिक क्षेत्रका आधा दर्जन जति पुस्तकहरू प्रकाशित भइसकेका शर्मा सत्य साई बाबा, श्री अरविन्द घोष, स्वामी विवेकानन्द तथा रवीन्द्रनाथ ठाकुर आदिबाट प्रभावित भएर धार्मिक गतिविधिमा बढी सक्रिय भएको बताउने गरेको उनको परिवारका सदस्यहरू बताउँछन् ।