सुर्खेत । ‘कसले भन्छ यहाँ क्रान्ति सफल हुँदैन
कसले भन्छ योद्धाको जित हुँदैन
एकदुई मार हुन सक्छ
तर, मुटु इस्पात बन्छ’
पूर्ण घर्तीको शब्द रचना र मोहित विद्रोहीको आवाज तथा संगीतमा रहेको यो क्रान्तिकारी गीतले जनयुद्धको झल्को दिन्छ । शान्ति प्रक्रियापछि यस्ता खालका गीतहरु बिरलै सुनिन्छन् ।
बिहीबार हुम्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने ताजाकोटको छप्रेलामा यो र यस्तै अन्य क्रान्तिकारी गीत घन्किए । ती गीतमा ‘योङ कम्युनिस्ट लिग’ ९वाईसीएल०का सदस्यहरुले नाचगान गरे । स्थानीयवासीका अनुसार ती दृश्यले जनयुद्धकै समयका सांस्कृतिक कार्यक्रमको झल्को दिएको थियो ।
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपाल, ताजाकोटले आयोजना गरेको उक्त कार्यक्रममा झण्डै तीन हजार नेता तथा कार्यकर्ता सहभागी थिए । त्यहाँ झण्डै ५ सयको संख्यामा वाईसीएलकै युवा थिए । ताजाकोटमा वाईसीएलका विभिन्न तीन कमिटीमा झण्डै ५ सय सदस्य छन् । वाईसीएल ताजाकोटले केही समय अगाडिदेखि नै प्रत्येक वडामा कमिटी गठन गरेको थियो ।
वाईसीएलका ताजाकोट गाउँपालLS