एमसीसी रोक्न चिनियाँ राजदूतको बढ्यो सक्रियता, प्रचण्डलाई भेट्न पुगिन् खुमलटार !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले एमसीसी पारित गराउन माहोल बनाईरहेका छन् । शेरबहादुर देउवाको सरकार गठन भए संगै अमेरिकी राजदुतावासको सक्रियता बढ्दो देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट पारित गराउन हरेक तरिकाले माहोल बनाउन कस्सिएका छन् । शेरबहादुर देउवालाई माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले समेत साथ दिइरहेका छन् ।

एमसीसी पारित हुने जस्तो माहोल देखेपछि चिनियाँ राजदूत आज बिहान प्रचण्ड निवास खुमलटार पुगेर एमसीसी पारित नगराउन माहोल बनाउन थालेकी छिन् । प्रचण्डसंग चिनियाँ राजदूत यान्छीले आज बिहान ०९स: २० देखि ०९: ५० सम्म छलफल गरेकी छिन् ।

प्रचण्ड समेत एमसीसी प्रति सकारात्मक देखिएपछि यान्छीले एमसीसीलाई यो गठबन्धन सरकारले चाँसो नदिन आग्रह गरेको श्रोतको दाबि छ । यान्छीले यो गठबन्धनको सरकारसंग चिनले विकासको लागि ठूलो सहयोग गर्न सक्ने कुरा राख्दै अहिले नै एमसीसीलाई टेबुल नगर्न आग्रह गरेकी छिन् ।

यान्छीले माधव नेपालसंगको सहकार्य बारे समेत चाँसो देखाएकी थिईन । कम्न्युष्ट पार्टी एकीकरण गर्न प्रचण्डले मात्र सक्ने भन्दै राजदूत यान्छीले प्रचण्डलाई यसको पहल गर्न समेत आग्रह गरेकी छिन् ।

राजदूत यान्छीले नेकपा पार्टी फुटलाई जोगाउन नसके पछि चिनियाँ सरकार रुष्ट समेत बनेको थियो । चिनले यान्छीलाई यो गठबन्धनको सरकारले एमसीसी पारित नगर्ने माहोल बनाउन आदेश दिएको कारण यान्छी आज प्रचण्ड संग भेट्न पुगेकी हुन् ।

यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवा संग पनि समय लिइरहेकी छिन् तर मन्त्रीमण्डल बिस्तार नगरेसम्म अहिले प्रधानमन्त्रीले भेटवार्ताको लागि समय दिएका छैनन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × 1 =