‘माओवादी केन्द्रको आपत्तीपछि एमसीसी सरकारको साझा कार्यक्रममा परेन’

काठमाडौं । माओवादी केन्द्रका स्थायी समिती सदस्य लीलामणि पोखरेलले अमेरिकी मिलेनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) खारेज गर्नुपर्ने बताएका छन् ।

उनले आज प्रगतिशील कानुन व्यवसायी शुद्धीकरण अभियानले आयोजना गरेको ‘एमसीसी र राष्ट्रियता’ नामक कार्यक्रममा सरकारका न्यूनतम कार्यक्रम बारे छलफलमा क्रममा पनि एमसीसीबारे प्रश्न उठेको र माओवादी केन्द्रले आपत्ती जनाएकाले रोकिएको बताए ।

उनले अहिलेको सरकारले एमसीसी संसद्बाट पास गर्ने पक्षमा नरहेको पनि दाबी गरे । ‘सरकारको न्युनतम कार्यक्रममा एमसीसी बारेमा छलफल हुँदा माओवादी केन्द्रले असहमति जनाएपछि समावेश भएन,’ नेता पोखरेलले भने,‘अहिलेको सरकारले एमसीसी पास गर्ने सम्भावना कम छ ।’

उनले एमसीसी नेपालमा अमेरिकाले आफ्नो साम्राज्य खडा गर्नका लागि ल्याएकाले देशको हीतमा नभएको जिकिर गरे ।

एमसीसीको भौगोलिक छनोट नै गलत भएको र यसले हिन्द प्रसान्त घेर्ने रणनीतिका साथ अघि सारिएको परियोना भएको पनि बताए । नेता पोखरेलले माओवादी केन्द्रले एमसीसीबारे अनौपचारिक छलफल चलाएको र पार्टी पंक्तिका अधिकांश सदस्य यसको विरुद्धमा रहेको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = two