ओलीको देउबालाई प्रश्न – ‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ?’

काठमाडौँ  । एमाले अध्यक्ष तथा प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले अमेरिकासँगको एमसीसी सम्झौता के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा प्रश्न गरेका छन् ।

तस्बिर : अंगद ढकाल
उनले सरकारले हालै सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको आलोचना गर्दै एमसीसी सम्झौताबारे स्पष्ट धारणा राख्न नसकेको भन्दै आपत्ति जनाए । ‘प्रधानमन्त्रीज्यू एमसीसी के गर्नुहुन्छ ? नेपाली जनताले जान्न चाहेको छ,’ ओलीले भने,‘कुन छिमेकीसँग कुन कुन सीमा समस्या भएको हो, असमान सन्धी सम्झौता कहाँ कोसँग भएको हो त्यो पनि स्पष्ट भन्नुहोस् ।”

“मजबुत प्रधानमन्त्री हुनुहुन्छ । कसैको समर्थन चाहिँदैन । कसैको मद्दत चाहिँदैन् । त्यो १६५ को जनताले के भन्छ ?,” ओलीले भने,”पास गर्ने कि फेल गर्ने ? जस्केलाबाट छिर्नेबाट कुरा नगर्नुहोस् ।”

उनले प्रधानमन्त्री देउवालाई लिम्पियाधुरा कालापानी फिर्ता ल्याउँछु भनेर किन भन्न नसकेको भन्दै प्रश्‍न गरे । “लिम्पियाधुरा कालापानी, लिपुकुल समस्या हो । हाम्रो पवित्र अभिन्न भू-भाग हो,” उनले भने,”यो समस्या हो ? यो समस्या हो भने त छोडिदियो भने त समस्या समाधान होला नी ? हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्नुपर्छ कि ? यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy two ÷ = 12