काठमाडौँ । ओली सरकारले हटाएका ब्यक्ति हुन कुलमान घिसिङ । जसलाई देउवा सरकारमा सहभागी नेकपा माओबादी केन्द्रको ठुलो हात छ । अझै भनौं प्रचण्डको महत्वपुर्ण हात छ ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी आजै सम्हाल्ने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेस गरेको प्रस्तावअनुसार सरकारले उनलाई पुनःनियुक्ति दिएको हो।
उनी यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका थिए ।
उनले आजै पदबहाली गर्ने बताएका छन् । यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ।
शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
Facebook Comments Box