काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नभएको छ ।
युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केिनु भएको हो । आज उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग गरेको बताउनु भयो ।
उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका गर्नुभएको थियो । साउदले २६ जना केन्द्रीय सदस्य फर्केको जानकारी अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभएको थियो ।
उपाध्यक्ष योगेश २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका लाग्नुभएको थियो । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेको युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाउनु भएको थियो ।
एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएको र गौरवशाली इतिहासलाई धोका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताउनुभयो ।