कानुन मन्त्री बन्दै रामनारायण विडारी, अरु को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण विडारी मन्त्री बन्ने भएका हुन् । राष्ट्रियसभामा बोलेर संधै चर्चामा आइरहने नेता विडारी कानुनमन्त्री बन्ने भएका हुन् ।

माओवादीका प्रभावशाली नेता तथा राष्ट्रियसभाका सदस्य बिडारीले आफू मन्त्री बन्न लागेको खुलासा गरेका हुन् । उनलेले पार्टी अध्यक्ष प्रचण्डले आफूलाई उपयुक्त मन्त्री बनाउने बताएको खुलासा गरेका हुन् ।

मन्त्री बनाईदिनुपर्यो भनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई कहिल्यै नभनेको स्पष्ट पार्दै उनी आँफैले आफूलाई उपयुक्त मन्त्रालय दिने कुरा गरेको उनले खुलासा गरे ।

प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफू जुनसुकै मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार रहेको बताउँदै उनले आफू कानुन मन्त्री बन्दा राम्रो हुने बताए ।

‘अध्यक्ष आँफैले बरु मलाई सक्षम मन्त्रालय र उपयुक्त मन्त्रालय दिने कुरा गर्नुभएको छ ।’ उनले भने, ‘मेरो दक्षता त कानूनमा हो । तर, अरु मन्त्रालयपनि चलाउन सक्छु ।’

‘पढ्दै नपढेकोले जुन मन्त्रालय चलाएपनि हुने, अनि कानून पढेकाले अरु मन्त्रालय चलाउन नहुने रु” उनले भने । अध्यक्ष दाहालसँग मात्रै नभएर प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आफ्नो सुमधुर सम्बन्ध रहेको जिकिर गरे ।

देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई शिक्षामा सरुवा गरेर विडारीलाई कानुन मन्त्रालयमा ल्याउने तयारी भएको श्रोतको भनाई छ । उनीसहित माओवादीबाट देवेन्द्र पौडेल, सुदन किराती, शिवकुमार मंडल, शशी श्रेष्ठ, र महेश्वर गहतराज ९अथक० मन्त्री बन्दैछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = 8