काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका छन् । शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाएका हुन् । पौडेल पक्षीय बैठक आइतबार दिउँसो साढे २ बजेपछि पौडेलका निवास बोहोराटारमा बस्न लागेको एक नेताले जानकारी दिए ।
ती नेताले भने, ‘महाधिवेशनको मिति तय भएपछि नजिक भएका र राय मिल्ने साथीहरुको बीचमा अब कसरी जाने भन्ने विषयमा छलफल गरौं भने उहाँले बैठक बोलाउनुभएको हो । म त्यहाँ जाँदै छु ।’
केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका सन्दर्भमा छलफल हुने उनको भनाइ छ ।
उनले भने, ‘यी सबै कुरा टुंग्याएर सबैले आ आफ्नो जिल्लामा अधिवेशनका लागि जानुपर्यो । त्यसको पूर्वतयारीका लागि आज हामी बैठक बस्दै छौं ।’
Facebook Comments Box