काठमाडौं । पूर्व सचिव भीम उपाध्यायले प्रचण्डको बुई चढेर सत्तासुख पाएका फुईँ गरुवा किर्नाहरु झर्न थालेका टिप्पणी गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रचण्डको बुई चढेर सत्तासुख पाएका फुईँ गरूवा किर्नाहरू उनले यसो कुम हल्लाउदा के थालेका थिए एक–एक गरी झर्न थालेका बताएका हुन् ।
परजीवी किर्नाहरूले फुई गरेपछि हुने हुनामी त यस्तै हो भन्दै उनले बुई चढाईएका आफ्नै ५ भैया ल्याईतेहरू बेघरबार भईसकेकोसमेत बताएका छन् ।
ब्मक द्यथ ब्मmबलब
अन्य पचासौँ जना प्रम, मुम, म वा माननीयहरू र राजनीतिक खेतालाहरू बेरोजगार भएकासमेत उनले बताएका छन् ।
यो पनि पढ्नुहोस्
चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनः घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूणर् रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेको तथ्य पेश गर्दै घिसिङले भने, “यस पटक त्यतिबेलाको भन्दा ठूला र विशाल चुनौती छन् । त्यसलाई स्वीकार गरेर आएको छु । मेरो एक्लो प्रयासले मात्रै केही हुँदैन । हामी सबै मिलेर काम गरौं । देश, जनता र राष्ट्रका अपेक्षा पूरा गर्न सकिन्छ ।”
आफूले प्राधिकरण छाडेर गएपछि शुरु भएका सकारात्मक कामलाई अगाडि बढाउने र गलत काम भएका छन् भने त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँले आफ्नो कार्ययोजना रहेको सुनाए ।
अघिल्लो पटक भन्दा यसपटक जनताको अपेक्षा बढेको, ऊर्जाको क्षेत्रमा धेरै नयाँ काम गर्नुपर्ने दायित्व थपिएको भन्दै कार्यकारी निर्देशक घिसिङले भने, “मेरो व्यक्तिगत जीवनकै लागि यो सबैभन्दा ठूलो चुनौती हो । नयाँ जोशका साथ काम गरांै, काँधमा काँध मिलाएर अगाडि बढांै, विगतका भन्दा ठूला सफलता पाउन सकिन्छ ।”
आम जनताको चाहना, प्राधिकरणको आवश्यकता र सरकारको योजनाका कारण आफूले प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएको भन्दै उहाँले यसकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । तत्कालीन नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)को गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ ३० गते घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । चार वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ २८ गते उहाँले अवकाश पाएका थिए ।
आम जनताले प्राधिकरणका पुनः घिसिङ आउनुपर्ने चर्को माग गरेपनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले उहाँलाई जिम्मेवारी दिएन । मन्त्रिपरिषद्मा पुगेको पुनः नियुक्तिको प्रस्तावसमेत अस्वीकृत भएको तत्कालीन ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा नै बताएको थियो ।