मनसुन सक्रिय रहेकाले अझै केही दिन पानी पर्ने !

काठमाण्डौ । तराईका केही जिल्लामा अहिले पानी परिरहेको छ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।

प्रदेश-१, प्रदेश-२ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एकरदुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी पर्ने छ ।

देशका अन्य क्षेत्रमा पानी परे पनि मनसुनी न्यूनचापीय रेखाको प्रभाव कम पर्दा काठमाण्डौमा ठूलो पानी परेको छैन । तर बर्खाको समय भएकाले पानी पर्ने सम्भावना भने रहेको मौसमविद्ले बताएका छन् । अझै एकरदुई दिन मनसुन सक्रिय रहने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्को अनुमान छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

17 + = twenty seven