अफगानिस्तानको उदाहरण दिँदै एमाले सांसदले भने– एमसीसी भनेर बुरुक–बुरुक नउफ्रिऊँ !

काठमाडौं । नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले अफगानिस्तानमा भएको घटनाले सबैलाई झस्काइरहेको भन्दै अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सम्बन्धमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद सुनुवारले विदेशी सहयोगले सत्ता टिक्दो रहेनछ भन्ने कुरा अफगान घटनाले उजागर गरेको बताएका हुन् ।

‘अफगानी सेनालाई जुन ढंगले अमेरिकाले सेना र सहयोग जुटायो, बाहिरको सेना र सहयोगले सत्ता टिक्दो रहेनछ भन्ने राष्ट्रपति भागेको घटनाबाट देखियो । यो घट,नाले झस्काइरहेको छ, त्यसैले एमसीसी भनेर बुरुकबुरुक नउफ्रिऊँ १’ सुनुवारले भने ।

उनले अफगानिस्तानमा रहेका नेपालीलाई सकुशल रूपमा देश फर्काउन सरकारको ध्यानाकर्षण गराए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixteen ÷ = four