काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार उल्टो बनेको बताएका छन् ।
मंगलबार सहिद रामबृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण उपलब्धिलाई धारासायी पार्ने प्रवत्ति कम्युनिस्ट पार्टी भित्रैबाट देखिएको र त्यसलाई परास्त गर्न आफूहरु सफल भएको भएपनि त्यसले पूर्णता पाउन नसकेको बताए।
अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनभित्र एउटा प्रवृत्ति चरम निरंकुशतावादी, फाँसीवादी र आत्मसमर्पणवादी देखिएकाले त्यसविरुद्ध आन्दोलन गर्नुपरेको स्मरण पनि गरे ।
प्रतिगमन अहिलेलाई परास्त भइसकेको उल्लेख गर्दै उनले संविधान लोकतन्त्र र राष्ट्रियताको रक्षागर्ने समाजवाद तिरको यात्रालाई निरन्तर अघि बढाउने प्रवृति अहिले फेरि विजयी भएको बताए ।