नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी), चुनाव चिह्न खुला किताब !

काठमाडौँ । नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।

यो पनि पढ्नुहोस:
माधव नेपालले नयाँ दल दर्ता गर्दै गर्दा चुनाव चिन्ह मिलेपछि निर्वाचन आयोगमा लफडा

काठमाडौं । माधवकुमार नेपालले नयाँ दल दर्ता गर्नका लागि प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ । नेकपा एमालेको नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्नका लागि आयोगमा दिएको निवेदनमा खुला किताबलाई चुनाव चिन्हको रुपमा प्रस्ताव गरिएको छ ।

तर, सो चुनाव चिन्ह यसअघि नै अन्य पार्टीले लिइसकेको पाइएको हो । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीको पनि सोही चुनाव चिन्ह रहेको खुलेको हो ।

माधव नेपाल पक्ष नयाँ दल दर्ताको लागि निवेदन दिन आयोग पुग्दा सो पार्टीबाट बोधराज न्यौपाने आयोग पुगेर आपत्ति जनाएका छन् । उनले भने, ‘माधव नेपालहरु हाम्रो पार्टीमा आउनुहुन्छ भने स्वागत छ तर अरुको पार्टीको चुनाव चिन्ह लिन पाइँदैन ।’

माधव पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले विभाजित बनेको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seventy three = 74