माधव नेपालको पार्टी देउवा सरकारमा सहभागी हुने !

काठमाडौं । माधव नेपाल नेतृत्वको नवगठित नेकपा एमाले (समाजवादी) पार्टी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीले दर्ता प्रक्रिया पूरा भएपछि सरकारमा सहभागी हुने बताएको हो ।

एमाले समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रक्रिया पूरा भएपछि सरकारमा सहभागी हुने बताए । ‘दल दर्ता स्वीकृत भएपछि सरकारमा जान्छौँ,’ पत्रकारहरूको प्रश्नमा नेता पाण्डेले भने ।

माधव नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन् । ‘यसअघि सरकारमा सहभागिता हुने नहुनेमा अन्योल थियो, नयाँ दल बनेपछि हामी सरकारमा सहभागी हुन्छौँ,’ अर्का एक सांसदले भने ।

नेता पाण्डेले संघीय संसद्का ३१ जना सदस्य आफूहरूसँग रहेको दाबी गरे । माधव नेपाल पक्षका २२ जना सदस्यले साउन ३ गते प्रतिनिधि सभामा देउवालाई विश्वासको मत दिएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

27 ÷ three =