काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दल दर्ता गराएका माधव कुमार नेपाललाई बधाई तथा शुभकामना दिएका छन् ।
आजमात्रै नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ता गराएका छन् ।
ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका @ncp_madhavnepal र साथीहरूलाई वधाइ तथा शुभकामना! पार्टीहरू फुट्नु सामान्यत:राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न।अहिलेको टुटफुट नयाॅ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस! https://t.co/QhaOUeTHvp
नेता डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो लेखेका छन्-“ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका @ncp_madhavnepal र साथीहरूलाई वधाइ तथा शुभकामना! पार्टीहरू फुट्नु सामान्यत:राम्रो मानिन्न तर पुरानोको ध्वंस विना नयॅा निर्माण हुन्न।अहिलेको टुटफुट नयाॅ समाजवादी ध्रुवीकरणको आधार बन्न सकोस!”
Facebook Comments Box