माओवादी केन्द्र प्रबेशमा जन लहर बढ्दो ! बिभिन्न पार्टी परित्याग गरि २ सय ४८ जना प्रबेश

राप्ती । राप्ती सोनारी गाउँपालिका वडा नं ४ मा बिभिन्न पार्टी परित्याग गरि २ सय ४८ जना माओवादी केन्द्र प्रबेश गरेका छन ।

जनताको एक मात्र भरोसा योग्य पार्टी माओवादी केन्द्र भएको भन्दै आफुहरु माओवादी केन्द्र प्रबेश गरेको उनिहरुले बताएका छन । प्रबेश गर्नेहरुमा नेपाली काँग्रेस,नेकपा एमाले र राप्रपा परित्याग गरि माओवादी केन्द्र प्रबेश गरेका हुन ।

उनिहरुलाई माओवादी केन्द्रका नेताहरु प्रकास सुबेदी,कृष्णा केसी र नेरन्द्र न्यौपानेले फुल माला र खादा लगाएर स्वागत गरेका थिए ।

नव प्रबेशीहरुले आगामि निर्माचनमा राप्ती सोनारी गाउँपालिकामा माओवादी केन्द्रलाई बिजयी गराएरै छाड्ने अठोठ गरेका थिए । कार्याक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बीनी प्रदेश कमिटी सदस्य प्रकास सुबेदीले जनताको सुख दुखको साथी माओवादी पार्टी नै भएको बताए । उनले संघियता , धर्मनिरपेक्षता र समाबेशिता माओवादीको मुद्धा भएको भन्दै माओवादीलाई साथ दिन आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्रकी नेतृ लुम्बीनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले राप्ती क्षेत्रको विकासका लागि माओवादी पार्टी बाट मात्रै सम्भव भएको बताईन ।

उनले सो क्षेत्रमा बिजुली र बोटो माओवादीको पहलमा निर्माण भएको बताईन । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले स्थानिय तहको निर्वाचन अघि माओवादी सहितको सरकारले भुमिहीनलाई जग्गा धनि प्रमाण पुर्जा बितरण गर्ने बताए ।

उनले भुमिहीनको नाम सुन्न नचाहने पार्टी र तिनका नेता अहिले भुमिहीन पक्षपाती भएको देख्दा दया लगेर आएको धारणा राखे । उनले आम जनताको सबैखाले माग सम्बोधनका लागि कम्युनिष्ट सरकार निर्माण गरेको भएपनि केपी ओली कै कारण त्यो सम्भव नभएको धारणा राखे ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

98 ÷ fourteen =