कालिकोटमा नीजि लगानी भित्र्याउन मुख्यमन्त्री शाही गृह जिल्लामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो गृह जिल्ला कालिकोटमा नीजि क्षेत्रको लागानी भित्र्याउन पहल थालेका छन् ।


गृह जिल्ला कालिकोटमा पर्यटकीय क्षेत्रमा विकास गर्न नीजि क्षेत्रसँगको साझेदारीमा काम गर्न थालेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका हुन् ।

नीजि क्षेत्रका केही लगानीकर्तालाइ लिएर मुख्यमन्त्री शाही कालिकोटको प्रमुख पर्यटकीय क्षेत्र नेपालको सबैभन्दा अग्लो पचालझरनाको बेश क्याम्पमा निर्माण भएको होम स्टे, शान्नी त्रिबेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिमा अबस्थित सुथराली विमानस्थल, गौरवको आयोजनाको रुपमा हेरिएको कोटवाडा मान्म केवुलकारको सम्भाव्यताको अध्ययन, प्रसिद्ध धार्मिक स्थल त्रीवेनी पाटन लगायतको चर्चित पर्यटकीय स्थलहरुको अवलोकन गर्न गृह जिल्ला कालिकोट पुगेका थिए ।

‘कर्णाली प्रदेश पर्यटकीय क्षेत्रमा धेरै सम्भावना भएको ठाउँ हो त्यसमाथि कालिकोटमा पनि थुप्रै पर्यटकीय स्थलहरु छन् ती पर्यटकीय आयोजनाहरुलाई स्थानीय तह र प्रदेश सरकारले चाहेर मात्रै ती पर्यटकीय क्षेत्रका आयोजनाहरुलाइ पुरा गर्न सक्ने अवस्था छैन त्यसको लागि निजि क्षेत्रको लागानी अनिवार्य छ, ‘मुख्यमन्त्री शाहीले भने,’ ‘त्यसको लागि प्रदेश सरकारकोतर्फबाट निरन्तर छलफल भैरहेको छ हामीले लगानीको आव्हान गरेका छौ निजि क्षेत्र लगानी गर्न तयार छन्, ।’

अबको केही समयमा नै कालिकोटका प्रमुख पर्यटकीय क्षेत्रहरुको विकासका लागि प्रदेश सरकारको अनुमतिमा नीजि क्षेत्रहरुले लगानीको काम थाल्ने समेत मुख्यमन्त्री शाहीले जानकारी दिए ।

नीजि क्षेत्रको लगानी भित्र्याउनको लागि कालिकोटका सम्बन्धित स्थानीय तहहरुले समेत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पहल गर्न अनुरोध गरिसकेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 3 = one