ट्रोलिपेयम पदार्थको मूल्यवृद्धिप्रति नेविसंघको आपत्ति !

काठमाडौं । को,रोना भाइ,रस (को,भिड–१९)को महामारीको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति नेपाल विद्यार्थी संघले घोर भत्सर्ना गरेको छ ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले एक बिज्ञप्ती जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको मुल्य बृद्धि गरेकोमा आपत्ती जनाएका हुन् ।
पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टितेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एल पि ग्यासमा २५ रुपैयाँ वृद्धि गरि १,४५० कायम गरेको छ । आहतमा बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘स्वचालित मूल्य प्रणालीको हवाला दिइए पनि कालो बजारी र चुहावट नियन्त्रण, संकटको समयमा प्रयोग गर्न मिल्ने मुल्य स्थिरिकरण कोषमा संचित रकमको उपयोग, अनावश्यक करहरुको शिर्षक कटौती तर्फ नेपाल आयल निगमले कुनै पहल नै नगरी निषेधाज्ञा र महामारीकै बीच पटक–पटक गरिएको मुल्यबृद्धि जनबिरोधी कार्य भएको हाम्रो ठहर छ ।’

नेवि संघले अत्यावश्यकिय उपभोग्य बस्तु माथी पटकपटक गरिएको मुल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको अबस्थामा सरकारलाई उक्त मुल्यवृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty nine − 84 =