अध्यक्ष कमरेड प्रचण्ड यो युग का नायक हुन,उहाँ को रक्षा गर्नु हाम्रो दायित्व हो !

काठमाण्डौ । माओबादी आन्दोलनमा ठुलो योगदान दिएको सुदुरपश्मि प्रदेश पछिल्लो अबस्थामा संगठनात्मक संरचना मा कम्जोर रुपमा रहेको छ । यो किन र कसरी भयो भन्ने बिषमा विभिन्न कारण हुन सक्छन् ।

त्यस मध्येको एउटा मुख्य कारण हो ,नेत्रीत्वलाई मिल्न नदिने र बिचार ,आस्था र ब्यबहारगत रुपमा माओवादी आन्दोलन स्विकारेका नेताकार्यकर्तालाई माओवादी पार्टीको झन्डा मुनि गोल्बन्द हुन नदिइ पार्टी भित्र नेतृत्व लाई लडाएर आफ्ना चाकर जन्माउने र तियी चाकर हरु का टाउका देखाएर नेतृत्व संग अनुचित कार्य गराउने ।

नेतालाई साच्चै यसैले मेरो सारा संसार थेगेको छ जस्तो लाग्ने तर असल इमानदार नेताकार्यकर्ता दिन प्रतिदिन पार्टी बाट पलायन हुने र चाकर मात्र बाकी रहने । त्यस्ता स्वार्थि झुन्ड स्वार्थको रसी टुट्ने बित्तिकै एक जना पनि साथमा नरहने कुरा लेखराज भट्ट को ताजा अबस्था ले पुष्टि गर्छ ।

हिजो जुन समूह ले लेखराज र खगराज लाई मिल्न नदिई सारा सु।प को पार्टी तहस नहस पारे आज फेरि त्यही समूह खगराज र लक्ष्मी लाई मिल्न नदिने र माओवादी आन्दोलन का आसलाग्दा दुई नेता बर्षमान पुन र जनार्दन शर्मालाई उपयोग गरेर अकुत सम्पत्ति थुपार्ने पार्टी जतासुकै जावस भन्ने मनोदशा का साथ लागि रहेका छन ।

अहिले लक्ष्मी र खगराजमा कुनै बिबाद नहुदा पनि ,नेतृत्व दुबै नेताले सहज स्विकार्ने र पार्टी गतिशील अबस्थामा अगाडि बढाउन सकिने अबस्था हुदाहुदै पनि विभिन्न अतिरन्जीत क्रियाकलाप ले नेतृत्व लाई भ्रम पैदा गराएर निसेधको राजनीति गर्न उदेलीत गराउने समुहले पार्टी निमार्ण हैन ।स्वार्थको रोटी सेक्नका लागि यी सबै कर्म गरि रहेका छन भन्ने कुरा नेतृत्व ले बुझ्न जरुरी छ ।

हिजो लेखराज भट्ट रहरले हैन कर ले एमाले भएका हुन ।एमाले बनाउन यही समूह सक्रिय थियोे ।केपी ओली सम्म लेखराजका कमी कम्जोरी बेलीबस्तार लगाएर लेखराजलाई प्रचण्ड बिरुद्ध उभ्याउने समुह आज सु।प को बचे खुचेको पार्टी संगठन प्रचण्ड को हात बाट खोसेर प्रचण्डलाई समेत उपयोग गर्ने सपना बुनी रहेको छ ।

प्रचण्ड परिवारले बिना मगर परिवारको सदस्य का हिसाबले बुझे ,प्रचण्ड परिवार का कुनै सदस्यले राजनीति तुलोमा जोख्न थाले वा प्रचण्ड लाई उपयोग गर्ने सपना बुनेर विभिन्न भ्रमको खेती गर्ने लाई प्रचण्ड परिवारका कुनै सदस्यले बिश्वास गर्नु भएछ भने कहिल्यै पुर्ति नहुने गरेर हाम्रो अध्यक्ष कमरेड प्रचण्डले सुदुरपश्मिमा क्षेती बेहोर्नु हुनेछ ।यो गल्ती हाम्रो सुप्रिमो ले गर्नु हुनेछैन भन्ने पुर्ण बिश्वास मा छु ।

मेरो कुनै स्वार्थ छैन अध्यक्ष कमरेड प्रचण्ड कम्जोर भए माओवादी आन्दोलन कम्जोर हुन्छ ।माओवादी आन्दोलन कम्जोर भए परिवर्तनका एजेन्डा कम्जोर हुन्छन् ।परिवर्तनका एजेन्डा कम्जोर भए सहिदको सपना माथि तुसारापात हुनेछ र फेरि यो परिवर्तन ल्याउन र प्रतिक्रान्ति संग लडन हजारौंको बलिदान हुनेछ ।त्यसैले अध्यक्ष कमरेड प्रचण्ड यो युग को नायक हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× two = twenty