काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउने भनेर आमनिर्वाचनमा बर्दियाबाट चुनाव हराएको आरोप लगाए ।
‘मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो हो, मैले बनाउनुहोस् भनेको थिइनँ,’ गौतमले भने, ‘मलाई चुनाव हराउने केपी ओली नै हुनुहुन्छ ।’ आफूले कहिले यस्तो बनाउनुहोस् नभनेको बताए । नवौं महाधिवेशनमा आफूले नभई अरुले राजनीतिक लेनदेनको सहमति गरेको बताए ।
‘केपीले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो तर मलाई थाहा थियो उहाँले धोका दिनुहुन्छ,’ बामदेवले भने । आफूले ओलीलाई अध्यक्षका लागि समर्थन पनि गरेको बताए ।
ओलीले एकपछि अर्को गल्ती गर्दै जाँदा अहिलेको अवस्था आएको बताए । उनले ओलीले पार्टी विभाजनको अवस्था ल्याएको उनको आरोप थियो ।
प्रचण्डले आलोपालो प्रधानमन्त्री छोड्दा दाँत झर्नेगरि गालामा हान्ने रिस उठेको थियो
नेकपा ९एमाले०का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एमाले र माओवादी एकता गरेर आफूले राम्रो काम गरेको स्पष्ट पारेका छन् । र, यसमा आफूलाई गर्व लागेको पनि उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग आलोपालो प्रधानमन्त्री हुने सहमति छोड्नु नै ब्लण्डर भएको स्मरण गराए ।
उनले भने,‘मैले यो निर्णय गर्नै हुन्थ्यो । किनभने २०७५जेठ २ गते गरेको निर्णय पार्टी एकताको निर्णय थियो । त्यो मुटु थियो, त्यो मुटु मैले आजबाट छोडें भन्ने बित्तिकै एकता भंग हुँदैछ भन्ने मलाई परेको थियो । मैले तुरुन्तै रोक्नुपर्ने थियो । मैले हस्तक्षेप गर्न सकिनँ । पछि एक महिनापछि उहाँले मलाई बोलाउनुभयो, र मैले त गल्ती गरेको रहेछु भनेर उहाँले भन्नुभयो ।
मैले त म यति रिसाएको थिएँ, तपाईले मैले प्रधानमन्त्री छोडें भन्दा त म जुरुक्क उठेर तपाईँको गालामा, दुवैतिर यता पनि र उतापनि हान्छु र दाँत झर्नेगरि हान्छु अनि त्यसपछि तपाईँजत्तिको खत्तम मान्छे कोही रहेनछ भनेर आएर बस्छु भनेको थिएँ । म नियन्त्रित भएँ । मैले केही गरिनँ ।’