प्रचण्डले सम्बोधन गर्ने वाईसीएलको राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार पत्रकार सम्मेलन गर्दै वाईसीएलले भदौ १२ र १३ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

भर्चुअल माध्यमबाट हुने भेलालाई माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । को,भिड–१९ को तेस्रो भेरि,यन्टको जोखिम र प्रविधिमैत्री युवा संगठनको अवधारणामा केन्द्रित रहँदै राष्ट्रिय भेला भर्चुअल माध्यमबाट सम्पन्न गरिने वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ जानकारी दिए ।

६४७ जना प्रतिनिधि एवं पर्यवेक्षकहरूको सहभागितामा सम्पन्न हुने राष्ट्रिय भेला सम्भवतः प्रविधि प्रयोगको दृष्टिले नेपालकै पहिलो र व्यवस्थित भेला हुने उनले बताए । त्यस्तै वाईसीएलले संगठनका सबै डाटाहरूलाई डिजिटलाइज गर्नुका साथै सदस्यता समेत अनलाइनबाट दिने बताएको छ ।

भर्चुअल माध्यमबाट हुने भेलामा सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षकहरू आफ्नो प्रदेशको मुकाममा भेला हुने दीपशिखाले बताए । प्रदेश १ को विराटनगर, प्रदेश २ को महोत्तरी बर्दिबास, वागमती र विशेष प्रदेशको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा प्रतिनिधि भेला हुने वाईसीएलले जनाएको छ ।

राष्ट्रिय भेलाले युवाहरूको प्रविधिमैत्री चेतनामा स्थापित गर्ने मात्रै नभइ देश र कम्युनिस्ट आन्दोलनलाई प्रविधिमैत्री बनाउन अभिप्रेरित गर्ने वाईसीएलको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

15 ÷ = five