काबुल विस्फोट – मृ-तकको संख्या ११० पुग्यो, विमानस्थलमा सुरु भयो उद्धार कार्य

काठमान्डौं । शुक्रवार काबुलस्थित हदिम कर्जाई अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आ-त्मघा-ती बम विस्फोटमा करिब ११० जनाको मृ-त्यु भएको अलजजिराले उल्लेख गरेको छ।

आक्र-मणमा मारिनेमा अधिकांश अफगानी नागरिक रहेका छन्। विस्फोटमा १३ जना अमेरिकी सेवाका कार्यरत कर्मचारी र २८ जना तालिवानी लडाकुको समेत मृ-त्यु भएको छ।

काबुल विमानस्थल बाहिर भएको आक्र-मणको जिम्मेवारी आइएसआइएसले लिएको छ । अफगानिस्तानमाथि तालिवानले नियन्त्रण कायम गरेपछि काबलु विमानस्थलबाट बाहिरिने क्रम बढ्दै गर्दा आ-क्रमण भएको हो । आ-क्रमणपछिको काबुलको अवस्था बारे अझै स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन।

काबलु विमानस्थलबाट उद्धार कार्य फेरि सुरु भएको छ। आजै धेरै संख्यामा विमानहरुले सयौं मानिसलाई उद्धार गरेको छ। हजारौं मानिस विमानस्थल प्रवेश गर्न विमानस्थल बाहिर पुगेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty two + = thirty four