काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच शनिबार बिहान वालुवाटारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीचको वार्तामा मन्त्रिमण्डल बिस्तार र गठबन्धनको आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवा प्रधानमन्त्री बन्नु भएको लामो समय बितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार भने गर्नु भएको छैन। आफूलाई बिस्वासको मत दिएका दलहरुको दर्ता प्रकृयामा ढिलाई हुँदा मन्त्रिमण्डल बिस्तारमा पनि ढिला भएको छ ।
तर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले आधिकारिकता पाइसकेकाले अब मन्त्रिमण्डल बिस्तार गर्ने तरखरमा प्रधानमन्त्री रहेको नेताहरुको भनाइ छ ।
उता नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पनि सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्ग्याउने क्रममा रहेका छन् ।