काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा माओवादी केन्द्रबीच एकता हुने भएको छ ।
नेकपा एस पार्टीका केन्द्रीय सदस्य मेटमणि चौधरीले अबको चार महिनामै माओवादी केन्द्रसँग आफूहरूको पार्टी एकीकरण हुने बताए ।
नयाँ दल सनााखतका लागि बुधबार निर्वाचन आयोग पुगेका चौधरीले सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन् । ‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ,’
उनले भने, ‘यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ । हामीबीच कुरा अघि बढेको छ ।’
यस्तै डा।बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द (विप्लव), मोहनविक्रम सिंह नेतृत्व सहितका कम्युनिस्ट घटकबीच पनि एकता गरेर बलियो पार्टी बनाउने चौधरीको भनाइ छ ।
‘माओवादीका साथै साना दलहरूसँग पनि हामी एकताको प्रक्रियामा छौं,’ उनले भने, ‘अबको चार महिनामै हामी देशको सबैभन्दा ठूलो पार्टी बन्नेगरी अघि बढेका छौं ।’