देउवाको हातमा पुग्यो मन्त्रीको फाइनल लिष्ट, बिना मगर लाई यति ठूलो मन्त्रालय !

काठमाडौँ । लामो समयदेखि अट्किएको मन्त्रीपरिषदु विस्तारको काम भोली हुने भएको छ । आजै विभिन्न पार्टीहरुले मन्त्रीहरुको अन्तिम नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएपछि भोली मन्त्रीपरिषद विस्तार हुने भएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेर मन्त्री बन्नेहरूको नाम बुझाए आएका छन् ।

आइतबार बिहान उनीहरूले प्रधानमन्त्री देउवालाई नाम बुझाएको बालुवाटार श्रोतको भनाई छ । आइतबार बिहानैदेखि गठबन्धनका शिर्ष नेताहरू मन्त्रिपरिषद् विस्तारको लागि परामर्शमा जुटेका थिए ।

स्रोतका अनुसार प्रचण्ड र नेपालले मन्त्रीको नाम बालुवाटारमा बुझाईसकेका छन् । अब जनता समाजवादी पार्टीले मन्त्रीको लिष्ट बुझाउन बाँकी छ ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धनकै नेताहरुबाट आलोचना भइरहेको छ । यस्तो अवस्थामा छिट्टै नै मन्त्रिपरिषद विस्तारलाई अगाडी बढाउने देउवा तम्सीएका छन् ।

आइतबार तीन नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ । अहिले सरकारमा माओवादीका तर्फबाट दुई र कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन मन्त्री मात्र रहेका छन् ।

एमालेमा रहँदा सरकारमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन नसकेका माधवकुमार नेपाललाई पनि नयाँ दल दर्तापछि सरकरमा सहभागी हुने बाटो खुलेको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले ६ मन्त्रालय पाउने पक्का भएको छ ।

देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । मन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, मेटमणी चौधरीको नाम चर्चामा छ । तर नेपालले बुझाएको लिष्टमा ककसको नाम छ खुलाइएको छैन् ।

माओवादीबाट बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई ९९हिमाल० मध्ये एक जना मन्त्री बन्नेछन् ।

त्यस्तै प्रचण्डले देउवालाई बुझाएको लिष्टमा बुहारी बिना मगरको नाम पनि समावेश गरिएको छ । स्रोतका अनुसार प्रचण्ड बुहारी मगरलाई मन्त्री बन्ने लिष्टमा पहिला नराखिए पनि अन्तिममा आएर घुसाइएको हो ।

उनलाई फेरी पनि खानेपानी मन्त्रालयको जिम्मा दिने बुझिएको छ । अघिल्लो पटक बिन मन्त्री भएपछि निकै आलोचना भएको थियो । अहिले पाि आलोचना हुने पक्का छ । मोटिभेट न्यूज बाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty seven − fifty five =