काठमान्डौं । पूर्व प्रधानमन्त्री एवं गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम फाइनल गरेको बुझिएको छ । आइतबार बिहान उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बन्नेहरुको नाम बालुवाटार पुगेर बुझाइसकेको स्रोतको दाबी छ ।
बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई हिमाल मध्ये एक जना मन्त्री बन्नेछन् । त्यस्तै प्रचण्डले बिना मगरलाई पनि फेरी मन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ ।
आइतबार माधव नेपालसहित तीन नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको हो। अहिले सरकारमा माओवादीका तर्फबाट दुई र कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन मन्त्री मात्र रहेका छन् ।
एमालेमा रहँदा सरकारमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन नसकेका माधवकुमार नेपाललाई पनि नयाँ दल दल दर्तापछि सरकरमा सहभागी हुने बाटो खुलेको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले ६ मन्त्रालय पाउने पक्का भएको छ ।
देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठको नाम चर्चामा रहेको छ ।