भदौ १७ देखि काठमाडौैं उपत्यकामा सिनेमा घर खोल्न पाइने !

काठमाडौँ । भदौ १७ बाट उपत्यकाका हल खुल्ने भएका छन् । बुधबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले हल खोल्ने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

‘अब स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो-आफ्नो व्यवसाय गर्ने बैठक भएको छ । हलमात्र खोल्ने छुट्टै निर्णय भएको होइन । व्यवसायभित्र हल पनि पर्ने भयो,’उनले भने ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हल खोल्नेबित्तिकै हलसम्म दर्शक आउने वातावरण नरहेको बताउँछन् । ‘हल कहिले खोल्ने भन्ने अन्यौल थियो । तर अहिले हाम्रो पनि पालो आयो । हाम्रो व्यवसायमा मोमो पस झैं ग्राहकहरु आइहाल्दैनन् ।

१७ महिना भइसक्यो हल बन्द भएको,’उनले भनेुअब २र४ दिन हलको सरसफाइमा लाग्छ । सबै इक्विपमेन्ट अप्डेट गर्नु पर्‍यो । कर्मचारी बोलाउनु पर्‍यो । हौसिएर भोलि हल खोल्नेबित्तिकै दर्शक आउने पनि होइन । हल चल्न समय लाग्छ ।’

महामारीबीच २२ भन्दा बढी हलहरु सदाका लागि बन्द भए । तर हल खोल्ने अनुमति पाएसँगै भाडा तिर्नुपर्ने तनाव थपिएको प्रधान सुनाउँछन् । ‘प्रदर्शनको तयारीमा टन्नै फिल्म छ । हल खुलेपछि फिल्म त प्रदर्शनमा आइहाल्छ । हल खोल्न पाउँदा खुसी त छौं ।

तर सँगसँगै तनाव पनि छ । अस्तिसम्म हलमा ताला झुन्डिएको छ भनेर घरभेटीलाई भाडा दिइएको थिएन । तर अब हल खोल्ने बित्तिकै घरभेटीले भाडा माग्ने नै भयो,’अध्यक्ष प्रधानले सुनाए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

7 × = fourteen