यी हुन् प्रचण्डले छानेका माओवादी केन्द्रका चार मन्त्री !

काठमाडौं । सरकार विस्तारको गाँठो फुकाउन राजनीति दलका नेताहरू छलफलमा जुटेका छन् । सरकार बनेको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरू अलपत्र पर्न थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलाइरहेका छन् ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। माओवादीले ६ मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ५–५ मन्त्री र एक राज्यमन्त्री पाउने गरी सहमति जुटेको ।

माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको छ । शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, कृष्णबहादुर महरा लगायतले मन्त्रीमा दोहोरिने इच्छा देखाएपछि प्रचण्ड अफ्यारोमा छन् । यसका अलावा देवेन्द्र पौडेल, हरिबोल गजुरेल, हितबहादुर तामाङ, शशी श्रेष्ठ, सुदन राईलगायत पनि मन्त्रीका आकांक्षी छन् ।

माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले अर्थ मन्त्रालय र पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । अब माओवादी केन्द्रले चारवटा मन्त्रालय पाउने भएको छ । जसमा महरा, पौडेल, राई र शशी श्रेष्ठलाई मन्त्री बनाउने तयारी प्रचण्डले गरेको स्रोतको दाबी छ । यो खबर नव कान्तिपुर डटकममा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

80 ÷ sixteen =