काठमाडैं । अविरल वर्षाका कारण पर्वतका विभिन्न स्थानमा गएको पहिरोमा परी १० जनाको मृ,त्यु भएको छ । एक जना अझै बेपत्ता रहेको प्रहरीले जनाको छ ।
पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङ भोगेनी बस्ने माधव शर्माको घर माथिबाट आएको पहिरोले घर पुरिँदा उनकी १६ वर्षीय छोरी बिमला पौडेल, ११ वर्षीय छोरी बिनिता पौडेल र ७५ वर्षीय आमा कौशिला पौडेल, ३५ वर्षीय भगवती पौडेल र ९ वर्षीय छोरा बिनोद पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, पर्वतको कुश्मा नगरपालिका-११ सिल्मी बस्ने मनिलाल पौडेलको घरमाथिबाट आएको पहिरोले घर पुरिँदा मोदी गाउँपालिका-७ राम्जा घर भई निज मनीलाल पौडेलको घरमा पाहुना बस्न आएका अन्दाजी ३८ वर्षीय दुर्गा पौडेल र उनका अन्दाजी ६ वर्षीय छोराको पनि मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पर्वतकै मोदी गाउँपालिका-५ अम्बोटमा वर्षाको कारण ओखलढुङ्गा सामुदायिक वनबाट आएको पहिरोलेमा परी अन्दाजी ५० वर्षीय फूलमाया थापाको मृ,त्यु भएको छ ।
यसैगरी कुश्मा नगरपालिका-११ पपुवा पाल्चेस्थित हरि पौडेलको घर पहिरोको कारण घर भत्किँदा पौडेलकी ४० वर्षीय श्रीमती माया कुमारी पौडेल र उनका ३ वर्षीय छोरा प्रयुस पौडेल मृ,त्य भएको छ । पौडेलकी ७० वर्षीय आमा डल्ली पौडेल भने बेपत्ता रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
साथै अविरल वर्षाको कारण पहिरो झर्दा पोखरा–कुश्मा सडकखण्ड अवरोध भएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए ।