म पनि चाँडै उम्मेदवारी घोषणा गर्छु: प्रवक्ता विश्वप्रकाश शर्मा

काठमान्डौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा संस्थापक नेता बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका छन्।

उनी भदौ २४ गते वीपी जयन्तीको अवसर पारेर आशन्न निर्वाचनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्ने तयारीमा जुटेका हुन्।

प्रवक्ता शर्मानिकट स्रोतले वीपी जयन्तीको अवसरमा उम्मेदवारी घोषणा हुने दाबी गरेको छ। तर, शर्माले शुक्रबार सामाजिक सञ्जालमार्फत् चाँडै उम्मेदवारी घोषणा गर्ने उल्लेख गरेका छन्।

उनले वडा अधिवेशनमा प्रतिष्पर्धाका लागि उत्रिएका सवै उम्मेदवारलाई शुभकामना दिँदै चाँडैनै आफू मैदानमा हुने बताएका छन्।

‘उम्मेदवारी घोषणा कहिले रु शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु,’ उनले शुक्रबार बेलुकी ट्विट गर्दै भनेका छन्, ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ। वडा अधिवेशन सुरु भएको आजको दिन सवै उम्मेदवारलाई शुभकामना। चाँडैनै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु।’

यसअघि उपसभापति विमलेन्द्र निधि, नेताहरु गोपालमान श्रेष्ठ र कल्याण गुरुङले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

यस्तै, नेता गगन थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty nine ÷ = thirteen