एमाले चल्यो रुवाबासी ! वामदेव गौतमले दिए एमाले बाट राजीनामा, माधब नेपालको पार्टीका प्रबेश

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाएका हुन् ।

वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै गौतमले राजीनामा दिएको उनका स्वकिय सचिव दीपक टमाटाले अन्नपूर्णलाई जानकारी दिए ।

नेता गौतमले यसअघि नै एमाले विभाजित भएपछि केपी ओलीसँगै पार्टीमा रहन नसक्ने प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस
काठमाडौँका सात वडाअध्यक्ष एकीकृत समाजवादीमा

समाजवादीको पक्षमा सनाखत गराउँदै जनप्रतिनिधिहरु।
काठमाडौँ – काठमाडौँका ११ स्थानीय तहका सातवडाका अध्यक्षहरुले एकीकृत समाजवादी रोजेका छन्।

उनीहरुले शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँ पुगेर एमाले परित्याग गरेका हुन्। समाजवादीतिर लाग्नेमा काठमाडौं महानगरपालिकाका दुई जना छन्।

कामनपा– ७ का शुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोलले समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै बूढानीलकण्ठ नगरपालिका–३ का बालकृष्ण श्रेष्ठ, टोखा नगरपालिका– ९ का जोगप्रसाद नेपाल, तारकेश्वर नगरपालिका– २ का रवीन्द्र केसी, तारकेश्वर नगरपालिका–६ की मधु कार्की, र शंखरापुर नगरपालिका–९ का घनश्याम थापाले समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार २२ गतेसम्म समाजवादीको पक्षमा उभिने जनप्रतिनिधिको संख्या थपिनेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy − sixty =