काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाए ।
नेकपा ९एमाले० काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै उनले एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए । अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो रु भनेर सरकार र सत्तारूढ गठबन्धनलाई पटक–पटक प्रश्नसमेत गरे ।
उनले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको रु भनी प्रश्न पनि गरे । “अहिले तपाईंहरूले देख्नुभएको छ । अब चीनसँग कुनै सीमा विवाद छँदै छैन ।
कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्यो रु कसलाई खुसी पार्न ? चीनसँग सीमा विवाद छैन । यो सरकारलाई म चुनौती दिएर भन्न चाहन्छु– यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस् ।
सीमा विवाद छैन । कसलाई खुसी पार्न ? भारतसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । चीनसँगको सम्बन्धमा तनावग्रस्त बनाउँदै लगेको छ । यिनै मान्छेहरू हुन्,” उनले भने, “कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे ।
अहिले एमसीसी बोल्दैन । झुक्याएर पास गर्न खोज्या होला । बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् । जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के भन्छन् त ? भन्नु पर्दैन ।
शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने रु अनि प्रचण्डजीले बोल्नु पर्दैन । हिजो साइन गर्नुभएको थियो त । के गर्ने एमसीसी ? उहाँहरू चुपचाप हुनुहुन्छ ।”