एक हप्ता भित्र पाँच हजार कार्यकर्तालाई एमाले छोडाउछु : बामदेब गौतम

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन् । (शुक्रबार) पार्टी कार्यालय थापाथली पुगेर राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पनि गौतमले राजीनामा दिएको जानकारी दिए । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन् ।

उनले बताय अनुसार एक हप्ता भित्र पाँच हजार कार्यकर्तालाई एमाले छोडने छन् ‘ उनि हरु माधब नेपालको पार्टीमा लाग्ने वा छुट्टै पार्टी बनाउने बारे निर्णयमा नपुगेको बताईएको छ ‘ यसले एमाले लाई फेरी गम्बिर धक्का पुगेको छ

प्रचण्ड-माधबले नमानेपछि एमसीसी पास गर्न ओलीसंग सहकार्य गर्ने तयारीमा देउवा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन गराउने समान धारणामा छन् । झण्डै तीन वर्ष सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री केपी ओलीले संसदमा सम्झौता टेबल गर्ने प्रयास गरेका थिए ।

त्यो प्रयासमा दलभित्रकै नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल, भीम रावलहरू तगारोका रूपमा उभिए । अनि सभामुख कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटाले चासो दिएनन् । त्यतिबेलाको प्रतिपक्षी दल कांग्रेस एमसीसी संसदबाट अनुमोदन गराउने पक्षमा थियो र सभापति देउवाले पटक(पटक ओलीलाई आग्रह पनि गरेका थिए । कांग्रेस नेताहरूले संसदमै बोलेका थिए ।

अहिले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री छन् र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । कार्की तिनै मन्त्री हुन् जसले अर्थमन्त्री हुँदा अमेरिका पुगेर एमसीसीमा सम्झौता गरेका थिए । अहिले देउवामाथि एमसीसी अनुमोदन गर्नुपर्ने दबाब छ । त्यसका लागि एमालेको साथ चाहिने स्थिति छ । एमालेको साथ पाएको अवस्थामा गठबन्धनका दलहरूले बाध्य भएर समर्थन गर्ने बुझाइमा देउवा देखिन्छन् ।

यद्यपि सत्ता गठबन्धनका सहभागी माओवादी र एकीकृत समाजवादी संशोधनविना संसदबाट अनुमोदन नहुने बताइरहेका छन् । नयाँ पार्टी दर्ता भएको भोलिपल्ट १० भदौमा माधव नेपालले संशोधनबिना एमसीसी पास नहुने मत राखेका थिए । प्रचण्डले त सुरुदेखि नै त्यही कुरा दोहोर्‍याइरहेका छन् ।

यहीबीचमा कानुनमन्त्री कार्कीलाई देउवाले एमाले अध्यक्ष केपी ओलीलाई भेट गर्न पठाएका छन् । सम्बन्ध सुधारका लागि यो प्रयास भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाइ छ । सुरुमा नेम्वाङलाई भेटेर मन्त्री कार्की एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

खासमा पछिल्ला दिनमा प्रधानमन्त्री देउवा र ओलीबीच सम्बन्ध चिसिएको छ । खासगरी, दोस्रो पटक संसद विघटनको प्रकरणपछि उनीहरूबीच सम्बन्ध चिसिएको हो । अझ परमादेशमार्फत देउवा प्रधानमन्त्री भएपछि ओली देउवाको चर्को आलोचक छन् । एमाले विभाजनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश खुकुलो पारेर ल्याएपछि थप सम्बन्ध चिसिएको छ ।

ओलीको चाहना माधव नेपाल एमाले नहून भन्ने त थियो तर वैधानिक पार्टी बन्न पनि नसकोस् भन्ने चाहना राखिरहेका थिए । त्यही बेला देउवाले २० प्रतिशतमै दल विभाजन गर्न सकिने अध्यादेश २ भदौमा ल्याइदिएपछि देउवा९ओलीबीच बोलचाल नै बन्द थियो ।

ओलीले पटक९पटक सरकार र संसदप्रति लक्षित गरेर चर्को आलोचनामात्र गरेका थिएनन्, संसद चलाएर देखाउन धम्की पनि दिएका थिए । संसद चलाउन हम्मे पर्ने बुझेर नै हुनसक्छ देउवा पछिल्ला दिनमा ओलीसँग सम्बन्ध सुधारको प्रयास गरेका हुन् ।

एमालेका एक नेताको भनाइमा खासमा दुईवटा मुद्दाले ओलीसँग सम्बन्ध सुधार गर्नुपर्ने बुझाइमा देउवा छन् । एक, संसद चलाउन । दुई एमसीसीको पक्षमा माहोल बनाउन । संसदमा नयाँ बजेट ल्याउनेदेखि अन्य अध्यादेशहरू पारित गर्नु छ । हुनलाई गठबन्धनसँग बहुमत छ । तर, संसद नै चल्न नदिएको अवस्थामा कसरी पास गर्ने भन्ने समस्या हुन्छ ।

संसदको ठूलो दलको विरोधमा संसद चलाउन सरकारलाई हम्मे पर्नेछ । अर्को कुरा, ओलीको साथ विना एमसीसी पास हुन सक्ने अवस्था छैन र माहोल पनि बन्ने अवस्था छैन । त्यसैले ओलीको साथ देउवाका लागि अनिवार्य बनेको देखिन्छ ।

खासमा ओली पनि देउवासँग एमसीसीको विषयलाई खोतल्नै चाहिरहेको देखिन्छ । गठबन्धनमा दरार सिर्जना गर्ने एउटा महत्त्वपूर्ण एजेण्डा भनेको नै एमसीसी हो । त्यही एमसीसीभित्र खेल्न ओलीले देउवालाई उपयोग गर्ने रणनीतिमा छन् । त्यसैले संसदमा ओलीले एमसीसी खोई भन्दै केही दिनअघि प्रश्न उठाएका थिए ।
यो खबर सुर्दशन खबर डटकममा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

60 ÷ = fifteen