काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको ह,त्या भएको छ । मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको ह,त्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।
हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती छन् । ‘तेजबहादुरका अन्दाजी ९२ वर्षीय बुवा घरभित्रै सकुशल फेला पर्नु भएको छ,’ डिएसपी सुवेदीले भने ।
नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको श,व बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको ह,त्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा श,व फेला परेको छ रे,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घ,ट,नास्थ,लमा जाँदैछु ।’
डिएसपी सुवेदीले गएराति ह,त्या भएको हुनसक्ने भन्दै घटनाको अनुसन्धान भइरहेको बताए । ‘राति नै ह,त्या भएको हुनसक्छ । बिहान भएको भए होहल्ला हुन्थ्यो, गाउँलेले थाहा पाउँथे होला,’ उनले भने, ‘हामी घ,ट,नाको अनुसन्धान गर्दैछौं ।’ अहिलेसम्म कोही पनि प,क्रा,उ नपरेको उनले बताए ।
घ,ट,नास्थल चैनपुरबाट चार घण्टाको दुरीमा पर्दछ । इलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर युवराज खतिवडाको टोली घ,ट,नास्थल प्रस्थान गरेको छ ।