१५ महिनापछि यो सरकार खोजेर भेटिँदैन : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा गर्नुपर्ने पनि बताए ।

‘यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो , षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’, ओलीले भने, ‘छिटो विदा गर्न सकिएन भने पनि ७९ सालसम्मको मंसिरमा चुनाव गर्नेपर्छ ।

भर्याङमुनिको सरकार । १५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन ।’ यो सरकार विदा भएपछि जनताको सरकार बन्ने दावी गरे ।

उनले प्रचण्ड र माधव नेपाललाई लिलिपुटको संज्ञा दिदै काँग्रेस पनि उनीहरुको संगतबाट लिलिपुट नै भएको दावी गरे । उनले एमाले कमजोर भएको भनेर उनीहरुले प्रचार गरेपनि देशभरका जनता एमालेप्रति आकर्षित हुदै गएको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × 1 =