काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको अवस्थामा अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास नहुने बताएका छन् ।
मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकमा प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले अमेरिकालाई एमसीसीबारे नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआएमा संसदबाट पास गर्न नसकिने बताए ।
उनले भने – ‘अहिलेकै अवस्थामा संसदबाट एमसीसी पास हुने कुरा सोच्न पनि सकिन्न, अमेरिकाले थप प्रष्ट पारेपछि र संशोधन गरेपछि सोच्न सकिन्छ’ ।
अहिले एमसीसीको विषय गाउँ गाउँसम्म पुगेको भन्दै प्रचण्डले आम नागरिकले उठाएका प्रश्नको समाधान गर्नुपर्ने बताए । आज बसेको वाईसीएलको बैठकले संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । यस्तै बैठकले सह–संयोजकमा सुमन सिर्पालीलाई चयन गरेको छ ।
Facebook Comments Box