काठमाडौं । नयाँ बानेश्वरमा एमसीसीको विरोध र समर्थनमा उत्रिएका दुई समूहबीच तनावको स्थिति उत्पन्न भएपछि प्रहरी र प्रदर्शनकारीबीच झ,डप भएको छ ।
एमसीसीको विरोधमा उत्रिएको समूह र एमसीसीको समर्थन गर्दै सडकमा उत्रिएको नेकपा एमालेको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले रोक्न खोज्दा झ,डप भएको हो ।
बानेश्वर वृत्तका डीएसपी मीनबहादुर लामाका अनुसार एमसीसीको विरोधमा प्रदर्शन गरिरहेकाहरु र युवा संघका कार्यकर्ता आमनेसामने भएपछि तनावको अवस्था सिर्जना भएको थियो ।
झड,पका क्रममा केही प्रदर्शनकारी घा,इते भएका छन् ।
Facebook Comments Box