एमसीसी पास गर्न दिन्नौंं : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न नसकिने बताएका छन् । उनले एमसीसी परियोजनालाई ‘राष्ट्रघाती’ भनेका छन्।

‘यो परियोजना लागू हुन दिँदैनौं, राष्ट्रघाती छ यसबारे हामी थप छलफल गर्छौं’, एमसीसी उपाध्यक्ष फातिमा सुमार आएकै दिन उनले केन्द्रविन्दुकर्मीसँग भने।

श्रेष्ठले परराष्ट्र मन्त्रालयले एमसीसीबारे सोधेको प्रश्नलाई लिएर आपत्ती पनि प्रकट गरेका छन्।

‘एमसीसी नेपालको हितमा छ कि छैन भनेर सोधिएको रहेछ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘परियोजना हितमा छ छैन भन्ने त आफूलाई थाहा हुनुपर्ने हो, अरुलाई सोधेर हुन्छरु यो नेपालको इतिहासमा कसरी दर्ज हुन्छरु’

सत्तारुढ गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा छ।

यदि कार्यान्वयन गर्नुपर्ने भए पनि अहिलेकै अवस्थामा अनुमोदन गर्न नकिने जनाउँदै आएको छ। संशोधन आवश्यक रहेको यी दलहरूको जोड छ।

सत्ता नेतृत्व दल कांग्रेस भने एमसीसी परियोजना राष्ट्रको हितमा रहेको भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छ।

प्रमुख विपक्षी दल नेकपा एमाले मंगलबारदेखि एमसीसी परियोजनाको विपक्षमा उभिएको छ। सरकारमा रहँदा भने एमालेले एमसीसी संसद्बाट अनुमोदन गर्न जोडबल गरेको थियो। सत्ता बाहिर पुगे लगत्तै एमसीसीको विपक्षमा उभिएको हो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− 1 = three