प्रचण्डको बोल्ड निर्णय, एमसीसी पास भए माओवादी केन्द्र देउवा सरकारबाट तत्काल बाहिरिने

काठमाडौं । सत्तागठबन्धन फुट्ने सम्भावना देखिएको छ । एमसीसीको विषयले सत्ता गठबन्धनमै खटपट सुरु भएको चर्चा सुनिन्छ । त्यसको संकेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत गरिसकेका छन् । काँग्रेस एमसिसी संसदबाट पारित गर्ने रणनीतिमा देखिँदा माओवादी अहिलेकै अवस्थामा पारित गर्न नसकिने बताइरहेको छ । अहिलेकै अबस्थामा एमसिसी पारित होला ? कि पूणर् नहुँदै सरकार ढल्ला ? माओवादी नेता गिरीराजमणि पोखरेलले सामुदायिक सूचना नेटवर्न सिआईएनसँग राखेको धारणा यस्तो छः

सरकार गठन भएको २ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले किन पूणर्ता पाउन नसकेको ? हामीले सरकार विस्तार गर्न नचाहेको होइन । ती दुईवटा पार्टी (नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी) को कानुनी समस्या हल नगरिकन सरकार विस्तार हुने कुरा नै थिएन ।

दोस्रो कुरा न्यूनतम साझा कार्यक्रमचाहिँ बनायौँ र त्यसको आधारमा अघि बढ्ने संयन्त्र पनि बनायौँ । यो बीचमा लगातार हाम्रो बीचमा छलफल चलिरहेको छ । अब हामी संसदमा एउटा बहुमतको स्थितिमा छाँै । सरकारले पूणर्ता पनि प्राप्त गर्छ । हामी संसदलाई पनि एजेण्डा दिएर अघि बढ्छौँ ।

तपाईँको पार्टिको अध्यक्ष प्रचण्डसमेत एमसीसी परियोजनाले सत्ता गठबन्धन फुटाउला कि भन्ने डर लागेको बताउँदै आउनुभएको छ । त्यस्तो अवस्था आएको हो र ? होइन । अब कस्तो छ भन्दाखेरी हामीले पछिल्लो बेलामा केपी जीको नेतृत्वको सरकारमा हामी रहँदाखेरी पनि पार्टी फुटाउनका लागि देशभित्र र बाहिरका शक्ति लागेकै हुन् ।

हामीले यसमा लुकाउनुपर्ने छैन । हिजो जतिखेर हस्ताक्षर गरिएको थियो, त्यो बेलाको जस्तो परिस्थिति नेपालको छैन । आजको परिवेशमा जनताबाट उठेका, विज्ञबाट उठेका कुरालाई ध्यान दिएर एमसीसी परिमार्जन गर्ने दिशामा नै लैजानु पर्दछ । हामी यसको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्नुपर्छ । यदि त्यो राखिएन भनेदेखि हाम्रो लागि सरकार मूल कुरा हुँदैन ।

तर तपाईँले त्यसो भन्दै गर्दा एमसीसीले जवाफ दिइसकेको छ कि एमसीसीमा जे सम्झौता भयो भयो अब त्यो संशोधन हुँदैन । यदि त्यो संशोधन नभइकनै, परिमार्जन नभइकनै पारित हुने स्थिति आयो भने तपाईँहरू सरकारबाट हट्ने हो ?

हामी नेपाली जनताप्रति प्रतिबद्ध छौँ । हामी एमसीसीप्रति प्रतिबद्ध छैनौँ । हामी जुनसुकै देशको सहयोग लिनुपर्ने अवस्थामा छाँै, हामीले सहयोग लिन नचाहेको होइन । तर त्यसका शर्त जस्ता खालका छन् त्यो शर्तहरु करेक्सन (परिमार्जन) नगरिकन त यथावत स्थितिमा पास गर्ने अवस्थामा छैनौँ ।

जवाफमा नेपालको संविधानभन्दा माथि एमसीसी छैन भनेको छ एक, दोस्रो यो परिमार्जन हुँदैन भनेको छ, तेस्रो यो सैन्य रणनीतिभित्र पर्दैन भनेको छ, तपाईँहरूले चाहेको पनि यही होइन र ? अब हामी पाँचै दल बस्छौँ, छलफल गर्छौँ नि । प्रचण्डले कतै न कतै सूचना पाएर सङ्केत पाएरै भन्नु भएको होला नि ? गठबन्धन फुटाउने प्रयास भइरहेको छ भनेर ?

होइन यही देशभित्रकै खेलाडी पनि हुनुहुन्छ । उहाँहरूमार्फत अरु पनि आउने हो त्यसकारणले निश्चित हो कि यो कुरा ल्याएर यो सरकारलाई कमजोर बनाउँ, हाम्रो देशलाई क्रिडास्थल बनाउँ भन्ने शक्ति त लाग्छन् नै ।

त्यो चुनौतीलाई व्यहोरिएरै यो गठबन्धनलाई निरन्तरता दिनुपर्ने यत्तिखेरको आवश्यकता हो । एमाले र काँग्रेस मिलेर सत्ता पनि चलाउने एमसीसी पनि पारित गर्नेसम्मको सहमती बनेको छ भनिन्छ । कति सत्य ? माओवादिलाई साथमा नलिईकन नेपालको राजनितिक समस्या अहिले हल हुँदैन । त्यसकारणले जो त्यो दिशामा जान्छन् त्यो आत्मघाती कुरा हुन्छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven + three =