बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै ! सरकार विस्तार गर्नेबारे छलफल हुने

काठमाडौँ । सत्ता पक्षीय गठबन्धनको बैठक आइतबार बिहान बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेको लागि बैठकको समय तय गरिएको छ।

गठबन्धनको नियमित बैठक बस्दै आए पनि सरकारले पूर्णता नपाउँदा सबैतिरबाट आलोचना हुँदै आएको छ। गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो।

संसदको ठूलो दल नेकपा एमाले फुटेर त्यसका वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी गठन भएपछि पनि सरकार विस्तार हुन सकेको छैन।

आफ्नो दल विभाजन गर्न सत्ता पक्षीय दल र सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद बैठकमा अवरोध गर्दै आएको छ।

आइतबारको बैठकमा एमालेको संसद अवरोधको के कसरी सामना गर्ने भन्ने रणनीतिबारे छलफल हुने गठबन्धनमा सहभागी एक दलका नेताले जानकारी दिए।

एमालेले सत्ता पक्षीय दल र सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गर्दै आएको छ। उनका अनुसार संसदमा टेबल हुने राजनीतिक दलसम्बन्धी अध्यादेशबारे समेत छलफल हुनेछ।

बैठकमा सरकार विस्तार गर्नेबारे समेत छलफल हुने उनले बताए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

76 + = seventy eight