वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाए सानेपामा आफ्नो समूहको बैठक

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको नेता मिनेन्द्र रिजालले रातोपाटीलाई जानकारी दिए ।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागिएको उनको भनाइ छ । २० जिल्लाको क्रियाशील सदस्यता विवाद, महाधिवेशनको निष्पक्षता लगायतका विषयमा छलफल गर्न पौडेलले बैठक राखेका बुझिएको छ । २० जिल्लामा क्रियाशील सदस्यता विवाद नटुंगिदा अधिवेशनको कार्यतालिका नै संशोधन गरिएको छ ।

भदौ १८–२५ गतेभित्र ५७ जिल्लामा वडा अधिवेशन भएपनि २० जिल्लाको क्रियाशील सदस्यता नामावली नै सार्वजनिक भएन । उक्त जिल्लामा असोज ५ गते वडा अधिवेशन तोकिएको छ । तर क्रियाशील सदस्यताको विवाद झै पनि टुंगिएको छैन ।

यस्तै विवादकाबीच सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा भने वडा अधिवेशन सम्पन्न भएको छ । डडेल्धुराको वडा अधिवेशनको घटनाले महाधिवेशन निष्पक्ष हुनेमा पौडेल पक्ष सशंकित देखिएको छ ।

जिल्ला सभापतिले बहिस्कार गर्दा पनि डडेल्धुरामा अधिवेशन सम्पन्न भएको छ । यस विषयमा पनि आजको बैठकमा छलफल हुने पौडेल पक्षका एक नेताले बताए ।

प्रधानमन्त्री देउवा मन्त्रिमण्डल विस्तारको तयारीमा रहेकाले आफ्नो समूहबाट पठाउने मन्त्रीका सन्दर्भमा पनि छलफल हुने ती नेताको भनाइ छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + 5 =