प्रचण्ड भावुक हुदै भने, कहिलेकाहीँ म पनि एक्लो पो हुने हो कि चिन्ता छ !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले एमालेसँग एकता गर्दा केपी ओलीसँग ज्ञान प्राप्त गरेको बताएका छन् ।

आज (आईतबार) काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा पुस्तक विमोचन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएँ । यो ज्ञानलाई सदुपयोग गर्नु भयो भने तपाईँहरुलाई पनि काम लाग्छ ।

क्रान्तिले त विश्वभरि नै धक्का खाएको हो नि, नेपालमा त हामीले वैज्ञानिक समाजवाद ल्याउँछौं भनिरहेका छौं नि । म दश वर्षको जनयुद्धको पनि नेता हुँ । म विचार र रणनीति बनाउने नेता पनि हुँ ।’

उनले आफूहरु जीवनको उत्तरार्धमा आएकोले आफूहरुबाट युवाले केही सिक्नुपर्ने पनि बताए । उनले माओले भनेजस्तो आफू पनि एक्लै हुने हो कि भन्ने चिन्ता पनि सुनाए ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty nine + = thirty six