काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले विप्लवले एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने बताएका छन् ।
एमसीसीबिरुद्ध सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेकाले त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको बताएका हुन् ।
उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे ।
महासचिव विप्लवले एमसीसी सम्झौताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराएका छन् ।
Facebook Comments Box