माओवादी केन्द्रद्वारा पार्टीको विधान पारित !

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । आज मङ्गलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आउँदो केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आयोगलाई पार्टीको पालिकादेखि केन्द्रसम्मको चुनाव कसरी गर्ने रु भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरूलाई कसरी समायोजन गर्ने र यससम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदललाई प्रतिवेदनको पूरा रूप दिन आग्रह गरिएको बताउनुभयो ।

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्टाछुट्टै बैठक बसेर भए पनि संसद् राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिग रहेको बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− eight = one