पार्टी प्रबेशको लहर सुरु ! जुम्लामा एमाले र कांग्रेस पार्टी त्यागेर २७ जनाले गरे माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिकामा २७ जना नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार पटमारा गाउँमा आयोजित कार्यक्रम उक्त गाउँका नेता तथा कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

सबैभन्दा बढी नेपाली कांग्रेस र एमालेबाट प्रवेश गरेका छन् । भने, केहीले अन्य पार्टीबाट प्रवेश गरेका हुन् ।

प्रवेशीहरुलाई माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्वागत गरेका थिए ।

प्रवेशीहरुले माओवादीको सिद्धान्त र विचारलाई आत्मसात् गर्ने बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = four