महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का कारण सत्ता गठबन्धनको कुनै फाटो नआउने बताउनुभएको छ ।
आज शनिवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूहरूका लागि एमसीसी भन्दा प्यारो गठबन्धन रहेको तर्क राख्नुभयो । अध्यक्ष प्रचण्डले संशोधन गरेपछि मात्र एमसीसी पारित हुनुपर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउँदै असोज ४/५ गतेभित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभयो ।
उहाँले संविधान, लोकतन्त्र, गणतन्त्र, र देशका यो गठबन्धन आवश्यक रहेको बताउनुभयो ।
Facebook Comments Box